सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रायमाझी नियुक्त

सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजङ्ग रायमाझी नियुक्त भएका छन् । बैंकको प्रमुख कर्जा अधिकृतका रूपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले मिति जेठ १८ गतेदेखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नेपाल बंगलादेश बैंकबाट बैंकिंग शुरु गरेका रायमाझीले नेपाल राष्ट्र बैंकलगायत विभिन्न बैंक (एनसीसी बैंक, मेगा बैंक र प्रभू बैंक) हरूमा गरी लगभग एक्काइस वर्षको बैंकिङ अनुभव हासिल गरेका छन् । विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भूमिका निर्वाह गरिसकेका रायमाझीले नायव प्रमुख कार्यकारी अधिकृतकोे भूमिकासमेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पुर्याउनेमा बैंकले विश्वास लिएको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले हालसम्म रायमाझीले बैंकमा पुर्याएको योगदानको उच्च कदर गर्दै बैंकको संचालक समितिले निजलाई नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार