प्रचण्डले कांग्रेसलाई पनि एमालेलाई जस्तो ठेगान लगाउन नपरोस् भनेपछि…

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेस पनि एमाले जस्तै अहंकारी हुने को कि भन्ने चिन्ता व्यक्त गरेका छन् । आज (बुधबार) पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा प्रचण्डले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

अध्यक्ष प्रचण्डले प्रचण्डले कांग्रेसले अहंकार बढाएको खण्डमा एमालेलाई जस्तै ठेगान लगाइदिने चेतावनी पनि दिएका छन् । ‘अहिले काँग्रेस पनि एमाले जस्तै अहंकारी होला कि भन्ने डर पैदा भएको छ’ अध्यक्ष प्रचण्डले भने ‘कांग्रेसलाई हामीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो र भइराख्नुस् भन्ने पनि छ । तर एमालेको जस्तो अहंकार गर्‍यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस् । ‘



प्रचण्डले स्थानीय निर्वाचनपछि कतिपय काँग्रेसका नेताहरुमा अहंकार देखिन सक्ने दाबी गरे । उनले अहिलेको आवश्यकता गठबन्धन रहेको भन्दै आगामी निर्वाचनमा गठबन्धनमा थप सुधार गर्नुपर्ने ठाउँ रहेको बताए । त्यस्तै उनले माओवादीले कहिले एमालेको त कहिले कांग्रेसको दम्भ बढाइदिने गरेको आरोप समेत लाग्ने गरेको बताएका छन् । उनले भने, ‘हाम्रा बाध्यता पनि छ, आवश्यकता पनि छ । तर जसले दम्भ देखायो अह‌ंकार त्यसविरुद्ध मा‌ओवादीले विद्रोह गर्दै आएको छ ।’

सम्बन्धित समाचार