ज्ञवालीले बजेटले राजनीतिक र आर्थिक सङ्कट ल्याएको भनेपछि…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले बजेटले राजनीतिक र आर्थिक सङ्कट ल्याएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा बजेटको विषयमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारले राजनीतिक र आर्थिक अस्थितरता दुवै ल्याएर थप सङ्कट ल्याएको र आफूले त्यस्तो अपेक्षा नगरेको बताए । ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माले जमिन नटेकिकन बजेट ल्याएको आरोप लगाए । उनले बजेट कार्यान्वयन हुने खालको नभएको भन्दै बजेट ठूलो आकारको रहेको बताए ।



उनले भने, ‘बजेट ठूलो आकारको छ, यो चुवानी वर्ष हो, चुनाव गर्ने छलफलमा तपाईँहरु आफैँ आयात घटाउँछु भन्छन्, राजस्व बढाउँछु भन्छन्, तर हाम्रो सबैभन्दा ठूलो राजस्व नै आयातबाट छ ।’ सांसद ज्ञवालीले बजेट देशभित्र विकास बाधक र कतिपय अवस्थामा संवेदनशीलसमेत देखिएको बताए । त्यस्तै ज्ञवालीले सरकारलाई एमसीसी पास गरेकोमा धन्यवाद दिएका छन् ।

सम्बन्धित समाचार