आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

मृतकको संख्या शून्य

पछिल्लो चौबीस घण्टामा नेपालमा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा २ हजार ५९५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ११ जना र १ हजार १८२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६७ हजार ११० जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या १०१ रहेको छ । जसमा १०० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा र १ जना आईसियुमा रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७९ हजार १६३ र एन्टिजेन विधिबाट १ लाख ४० हजार २४२ जना पुगेको छ ।

 

सम्बन्धित समाचार