नवकान्तिपुर संवाददाता
काठमाडौं, २० जेठ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र उपमेयर सुनिता डंगोल सिसिडोल पुगेका छन् । आज (शुक्रबार) बिहानै मेयर शाह र उपमेयर डंगोल मिडियासहित सिसडोल पुगेका हुन् ।
सो क्रममा मेयर शाहले स्थानीय जनता र जनप्रतिनिधीहरुसँग छलफल तथा भेटघाट गरेका थिए । काठमाडौँमा धेरै दिनदेखि रोकिएको फोहोरमैला खुलाउनका लागि सहजीकरण गरिदिन जनप्रतिनिधि र स्थानीयसँग मेयेर शाहाले अनुरोध गरेका थिए । सिसिडोलमा अव्यवस्थित तवरबाट थुपारिएको फोहोरलाई केही दिनबाटै व्यवस्थित गर्न शुरु गर्ने र तिनपिप्लेदेखि बन्चरेडाँडासम्मको बाटोलाई ममर्त सम्भार तथा स्तरोन्नति लागी टेण्डर आह्वान भैसकेको मेयेर शाहले स्थानीयलाई जानकारी गराए ।
त्यस्तै शहरी विकास तथा भवन निर्माण मन्त्रालय र महानगरपालिका मिलेर स्थानीयको माग सम्बोधन गर्ने र बन्चरेडाँडाको दिर्घकालीन समधानका लागी स्थानीयहरुसँग छलफल तथा अन्तरक्रिया गर्दे अगाडी बढ्ने कुरा भएको ककनी २ का वडाध्यक्ष तिलक बहादुर लामाले नवकान्तिपुरलाई बताए ।

