पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति पुग्यो लिटरको ? (सूचीसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु १० घटाएको हो ।

निगमले मूल्य घटेसँगै अब पेट्रोल प्रतिलिटर रु १७०, डिजेल र मट्टितेलको प्रतिलिटर रु १५३ कायम भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट जनजीवन प्रभावित भएको भन्दै सरकारले तत्कालका लागि पूर्वाधार कर बराबरको रकम पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्न निगमलाई निर्देशन दिएको थियो ।



त्यसतै निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । अहिले एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८००, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर रु १६६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर एक रुपैयाँ ५४ पैसा अमेरिकी डलर छ ।

सूची :

सूची :

सम्बन्धित समाचार