नवकान्तिपुर संवाददाता
काठमाडौं, २० जेठ ।
नेपालमा आज (शुक्रबार) सुनको मूल्य ९०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० रहेकोमा बिहीबार रु ९७ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार रहेकामा बिहीबार प्रतितोला रु ९७ हजार १०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बिहीबारको मूल्य भन्दा २५ रुपैयाँ बढ्दै एक हजार २९० मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६७ दशमलव ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।