गठबन्धनको विषयमा यसो भने प्रकाशशरण महतले

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । आज (शुक्रबार) नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा महतले गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका हुन् ।

उनले स्थानीय तहको निर्वाचन समग्रमा सकारात्मक परिणाम आएको भन्दै उनले गठबन्धनको बैठकमा भएको निर्णयलाई आधार मान्न नेता कार्यकर्तालाई आग्रह गरे । कांग्रेसले अहंकार कहिल्यै नराखेको भन्दै उनले गठबन्धन दलका नेताहरुले आफ्ना कार्यकर्तालाई प्रशिक्षणका क्रममा बोलेको कुराले खासै महत्व नराख्ने बताए ।



उनले भने, ‘नेपाली कांग्रेस अहंकारको बाटोमा छँदै छैन, दाहालले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भन्नुभयो होला, त्यसलाई धेरै महत्व दिनुपर्छ भन्ने लाग्दैन ।’ आउने जिल्ला समन्वय समितिको निर्वाचनमा समेत गठबन्धनका दलबीच सहमति भएको भन्दै उनले सोही निर्णयानुसार प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । उनले भने, ‘गठबन्धनका नेताबीचमा भएका सहमति प्रतिबद्ध भएर पालना गरौँ।’ महतले कहीँकतै अपवादका रुपमा गठबन्धन विरोधी गतिविधि भएको बताए ।

 

सम्बन्धित समाचार