ट्राफिक नियम उल्लङ्घन गर्नेलाई फिल्म देखाएपछि…

भारत उत्तर प्रदेशको मुरादाबादमा ट्राफिक नियम तोड्ने ६ सयभन्दा बढीलाई अनौठो सजाय दिइएको छ । प्रहरीले ट्राफिक नियम तोड्ने ६ सयभन्दा बढीलाई ट्राफिक नियममा आधारित चलचित्र देखाएर नियम तोड्नेलाई सचेत गराएको हो ।

मुरादाबाद प्रहरीले ट्राफिक नियमको पालना सुनिश्चित गर्न अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत शनिबार ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेको चलान काट्नुको सट्टा अनौठो सजाय दिएको हो ।



हेल्मेट नलगाई मोटरसाइकल चलाउँदा, सिट बेल्ट नलगाई कार चलाउनेलाई कुनै पनि नियम उल्लंघन गर्नेलाई चलान काटिएको छैन । प्रहरीले ती मानिसहरूलाई पक्रेर प्रहरी लाइन अडिटोरियममा लगेर उनीहरुलाई ट्राफिक नियमको पालना गर्न सचेत गराएको थियो ।

सम्बन्धित समाचार