नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ जेठ ।
नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएको छ । आज (आइतबार) बसेको पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको छ । यसअघि एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरुमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ रहेका थिए।
त्यस्तै बैठकले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिन लागेको हो ।