यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ सर्वसम्मतिले पारित

यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । आज (सोमबार)बसेको प्रतिनिधिसभाको बैठकले यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन विधेयक २०७९ पारित गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेश गरेका थिए । प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि सभामुख सापकोटाले प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए ।



कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द्रप्रसाद शर्मा (कोइराला)ले छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

सम्बन्धित समाचार