नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ जेठ ।
नेपाल सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी असार १ गतेदेखि आइतबार बिदा दिने व्यवस्था खारेज गर्ने निर्णय गरेको हो ।
यसअघि मन्त्रिपरिषद्को बैठकले गत जेठ १ गते देखि हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । सरकारले इन्धन र सार्वजनिक खर्च कटौती गर्न सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।
तर, सरकारको यस्तो निर्णयविरुद्ध दबाब बढ्दै गएपछि नेपाल सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको हो ।