नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

नेपाल सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महाप्रबन्धक पौडेललाई बर्खास्त गरेको जनाएको छ । यसअघि पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा तानेको थियो ।



संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरेको भन्दै बर्खास्तीका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लागेका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।

सम्बन्धित समाचार