नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ जेठ ।
नेपालमा आज (मंगलबार) सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० रहेकोमा सोमबार रु ९८ हजार १०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार रहेकामा सोमबार प्रतितोला रु ९७ हजार ६०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि सोमबारको मूल्य भन्दा १५ रुपैयाँ घट्दै एक हजार २७५ मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार २९० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४२ डलरमा कारोबार भइरहेको छ ।