नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ जेठ ।

राष्ट्रियसभामा चार संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् । आज (मंगलबार) बसेको बैठकमा चार संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेश भएको हो ।
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन २०७७-७८, लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०७७-७८, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७-७८ र थारु आयोगको वार्षिक प्रतिवेदन २०७७-७८ पेश गरेका हुन् ।
संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेश भएपछि राष्ट्रियसभाको अर्को बैठक यही जेठ २५ गते अपराह्न १ बजे बस्ने गरी स्थगित भएको छ ।

