नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ जेठ ।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(बिहीबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
आजकको बैठकमा बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । बैठकमा अर्थ, रक्षा, शिक्षा र खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
त्यस्तै बैठकमा सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्यप्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बुधबार बसेको बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति , संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपंक्षी मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।
भिडियो–
भिडियो साभार-House of Representative Nepal प्रतिनिधि सभा

