पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो , कति पुग्यो लिटरको ? (सूचीसहित)

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य घटाएको एक हप्ता नबित्दै निगमले पुन: पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।



निगमले पेट्रोलमा प्रतिलिटर रु ८ र डिजेल/मट्टितेलमा प्रतिलिटर रु १२-१२ वृद्धि गरेको हो । निगमले मूल्य बढाएसँगै अब पेट्रोल प्रतिलिटर रु १७८, डिजेल र मट्टितेलको प्रतिलिटर रु १६५ कायम भएको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । अहिले एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८००, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर रु १६६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर एक रुपैयाँ ५४ पैसा अमेरिकी डलर छ ।

बुधबारसम्म निगमले आइओसीलाई रु २० अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । निगमले प्रत्येक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ । मूल्य समायोजनपछि पनि पाक्षिकरुपमा रु तीन अर्ब ८९ करोड घाटा रहँदै आएको निगमको भनाइ छ ।

सूची

सूची

सम्बन्धित समाचार