गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैँचा नगरपालिका वडा नं ३, गछियामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन राष्ट्रिय सभा सदस्य माननीय रमेशजंग रायमाझीेले गरेको बैंकले जनाएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि माननिय रमेशजंग रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायम मुकायम प्रमुख संचालन अधिकृत युवराज गुरागाईँ, प्रदेश नं. १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको जनाइएको छ ।



अब सिभिल बैंकका त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको नयाँ एक्सटेन्सन काउन्टरमार्पmत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसंग गर्न सक्नेछन ।

सम्बन्धित समाचार