नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ जेठ ।
नेपालमा आज (आइतबार) सुनको मूल्य १५०० रुपैयाँले बढेको छ । साताको पहिलो दिन सुनको मूल्य ह्वातै बढेको हो । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार २०० रहेकोमा शुक्रबार रु ९७ हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ७०० रहेकामा शुक्रबार प्रतितोला रु ९७ हजार २०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने शुक्रबारको मूल्य भन्दा १५ रुपैयाँ बढ्दै रु एक हजार २८० कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १ हजार ८७१ दशमलव ६० डलर पुगेको छ ।