नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० जेठ ।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(सोमबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
आजकको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षक मन्त्रीले जवाफ दिँदै छन् । आइतबारको बैठकबाट विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम सकिएकोले आजको बैठकामा सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुन लागेको हो ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकका छलफलका क्रममा उठेका प्रश्नका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।
भिडियो–
भिडियो साभार-House of Representative Nepal प्रतिनिधि सभा

