नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० जेठ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार २११ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजर ८६ जनाको पीसीआर परीक्षण गर्दा ९ जना र १ हजार १२५ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६७ हजार २१७ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १०२ रहेको छ । जसमा १०२ जना होम आइसोलेसनमा रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७९ हजार २७१ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ३४४ जना पुगेको छ ।