सूर्या लाइफ इन्स्योरेन्सको बागमती प्रदेश स्तरीय विज्नेस बिल्डिङ्ग सेमिनार सम्पन्न

सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेश स्तरिय विज्नेस बिल्डिङ्ग सेमिनार सम्पन्न गरेको छ । बागमती प्रदेश प्रमुख शुशिल चापागाईंको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गरेका थिए ।

कार्यक्रममा कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु. सहायकमहाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ्ग प्रमुख प्रमोद सापकोटालगायत पेशागत अभिकर्ता संघका अध्यक्ष रामबहादुर तामाङ्गको आतिथ्य रहेको थियो । उक्त कार्यक्रमा जीवन बीमाको अभिन्न अङ्गको रुपमा मानिने बागमती प्रदेशका अभिकर्ताहरुको उत्साहजनक सहभगिता रहेको थियो ।



कार्यक्रममा २०२३ को एमडिआरटीहरुलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म बागमती प्रदेश अन्तर्गत आफ्नो व्यक्तिगत कोडमा अधिकतम बिमा शुल्क हासिल गर्न सफल २५ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । साथै देशैभरीबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताहरुको घोषणा गरिएको थियो ।

सूर्या लाइफ इन्स्योरेन्सको बागमती प्रदेश स्तरीय विज्नेस बिल्डिङ्ग सेमिनार सम्पन्न

लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जिसिले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितिय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रंन्जिता बुढाथोकीले तृतिय पुरस्कार मोबाइल जित्न सफल भएका छन् । जीवनबीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले ‘मेरो पहिलो पोलिसी’अभियान सुरु गरेको छ ।

जसअन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस् भन्ने कामना सहित नयाँ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । उक्त भव्य समारोहमा विजेता सम्पूर्णलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सम्मान गर्नुका साथै प्रमाण पत्र, मायाको चिनो र पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश प्रमुख शुशिल चापागाईं, बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बीमाबजारको हालको अवस्था, चुनौती र समाधानका साथै मार्केटिङ्ग सम्बन्धि तालिम प्रशिक्षण दिएका थिए । त्यस्तै प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कुनै पनि व्यावसायमा सफल हुन निरन्तरता, धैर्यता र लगनशीलता ३ महत्वपुर्ण मन्त्र रहेको कुरा जानकारी गराएका थिए । उक्त कार्यक्रमबाट आफू गरिरहेको भन्दा पृथक मार्केटिङ्ग टेक्निक र ज्ञान हसिल गरेको र यसले आगामी दिनमा व्यवसाय बृद्धिको लागि थप उर्जा र उत्साह मिलेको कुरा त्यहाँ उपस्थित अभिकर्ताहरुले बताएका छन् ।

सम्बन्धित समाचार