नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ जेठ ।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(मंगलबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
आजकको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षक मन्त्रीले जवाफ दिँदै छन् । आइतबारको बैठकबाट विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम सकिएकोले सोमबारबाट बैठकामा सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सुरु भएको हो ।
बैठकमा युवा तथा खेलकुद मन्त्री, शहरी विकास मन्त्री, कृषि तथा पशुपन्क्षी विकास मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्री र अर्थ मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने कार्यक्रम छ ।
भिडियो–
भिडियो साभार-House of Representative Nepal प्रतिनिधि सभा

