नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असार ।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(बुधबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
आजकको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षक मन्त्रीले जवाफ दिँदै छन् । आइतबारको बैठकबाट विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम सकिएकोले सोमबारबाट बैठकामा सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सुरु भएको हो ।
यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध पछि मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज (मंगलबार) को बैठकमा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्त नबुझेपछि एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो । नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन गठन गर्नुपर्ने माग गरेका छन् । मंगलबारको बैठकमा नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका थिए ।
भिडियो–
भिडियो साभार-House of Representative Nepal प्रतिनिधि सभा

