नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असार ।
नेपालमा आज (बुधबार) सुनको मूल्य ६०० रुपैयाँले घटेको छ ।स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० रहेकोमा मंगलबार रु ९७ हजार १०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार रहेकामा मंगलबार प्रतितोला रु ९६ हजार ६०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहँदै मंगलबारको मूल्यअनुसार नै कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला रु एक हजार २४५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १ हजार ८१४ दशमलव ३० डलर पुगेको छ ।