मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । भक्तपुर, भक्तपुर नगरपालिका-९ कमलविनायक दुर्गा मन्दिर नजिक पाटीमा सोही नगरपालिका-१० भत्केको पाटीमा बस्ने ५६ वर्षीय पूर्ण बहादुर भुजेल मंगलबर मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै ललितपुर, गोदावारी नगरपालिका-१३ झरुवारासी ढलेपिपल बस्ने ४० वर्षीया अम्बिका बिशंखे आफ्नै घर नजिक रहेको खाल्डोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।



यस्तै तनहुँ, ब्यास नगरपालिका-९ बर्यचौरमा सोही ठाउँ बस्ने ३२ वर्षीय केशब नेपाली मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता कैलाली, टिकापुर नगरपालिका-७ दिब्यपुरस्थित खेतमा भजनी नगरपालिका-८ सुनाफाँटा बस्ने ५३ वर्षीय प्रेम बहादुर डगौरा थारु मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी नवलपरासी(पूर्व), बिनयी त्रिबेणी गाउँपालिका-७ व्यारेजपुल नजिक खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार