नेपालद्वारा भुटान सामू ९५ रनको लक्ष्य प्रस्तुत

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको नेपालले भुटानलाई जितका लागि ९५ रनको प्रस्तुत गरेको छ । मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो ।

नेपालका लागि काजल श्रेष्ठले २६ रन जोडिन् भने इन्दु बर्माले २० रन बनाइन् । त्यस्तै रुबिना क्षेत्रीले २१ रन रन बनाई आउट भइन् भने डोली भट्टले ५ रन जोडिन् । भुटानको लागि सोनम पाल्डोनले ४ विक्व्र लिइन् भने अन्जु गुरुङ र टासी छेकीको भागमा समान १-१ विकेट रह्यो ।



नेपाल आज भुटानलाई पराजित गर्दै प्रतियोगितामा च्याम्पियनसिपमा सुखद सुरुआत गर्ने योजनामा रहेको छ भने भुटान पनि नेपाललाई हराउने सुरमा रहेको छ । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ जसमा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपालद्वारा भुटान सामू ९५ रनको लक्ष्य प्रस्तुत

समूह ‘बी’ मा रहेको नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् भने समूह ‘ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् । समूहका दुई शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् भने च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ । आज भुटानविरुद्ध पहिलो खेल खेलेको नेपालले दोस्रो खेल कुवेतविरुद्ध शनिबार, सोमबार बहराइनसँग र तेस्रो तथा अन्तिम खेल आगामी मंगलबार हङकङसँग खेल्नेछ।

सम्बन्धित समाचार