५१ किलोग्राम अवैध लागूऔषध हेरोइन सहित ७ जना विदेशी नागरिक पक्राउ

अवैध लागूऔषध ५१ केजी हेरोइन सहित ७ जना दक्षिण अफ्रिकन नागरिकलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा निरन्तर एक साताको निग्रानीका क्रममा काठमाडौं ठमेल तथा वरपरका होटलबाट पक्राउ परेका उनीहरुलाई बिहीबार सोही ब्यूरोले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

ब्युरोका प्रमुख तथा प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले पहिलो पटक ठूलो मात्रामा लागुऔषध हिरोइनसहित सात दक्षिण अफ्रिकन महिलालाई ठमेलको विभिन्न होटेलबाट पक्राउ गरिएको जानकारी दिए । यसअघि प्रहरीले २०७९ वैशाख ३ गते ७ किलोग्राम लागुऔषध पक्राउ गरेको थियो ।



पक्राउ पर्नेहरूमा २९ वर्षीया सिबिसी थानडेकिल, ४६ वर्षीया मुरियल क्वेडुकवाजी थेम्बेनी साम्बा, ३९ वर्षीया साबालाला खान्यीसिल भ्योन्नी, ३६ वर्षीया रोशिना ननक्वेल जान्तिय, २९ वर्षीया मालान्को मौरिन माथिबा, ३७ वर्षीया मोरोसी सुजन कोफु र ३० वर्षीया मार्लिज बाडेनहर्सट रहेका छन् ।

सिबिसी थानडेकिल र मुरियल क्वेडुकवाजी थेम्बेनी साम्बाबाट १६ किलो, साबालाला खान्यीसिल भ्योन्नीबाट आठ किलो, रोशिना ननक्वेल जान्तियबाट आठ किलो, मालान्को माउरिन माथिबाबाट सात किलो हिरोइन बरामद गरिएको छ ।

मोरोसी सुजन कोफुबाट चार किलो सेतो हिरोइन र दुई किलो खैरो हिरोइन तथा मार्लिज बाडेनहर्सटबाट छ किलो सेतो हिरोइन पक्राउ गरिएको छ । पक्राउ गरिएकामध्ये मोरोसी सुजन कोफु कतार एयरलाइन्सबाट दोहा हुदै काठमाडौँ आएको र अन्य छ भने दुबई एयरलाइन्सबाट दुबई हुँदै काठमाडौँ आएका हुन् ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका विभिन्न निकाय तथा इकाईहरूसँग समन्वय गरी काठमाडौं ठमेल तथा वरपरका एरियामा संचालन गरेको एक हप्ता कारवाहीको क्रममा विभिन्न मितिमा फ्लाई दुबई र कतार एयरलाइन्सको उडानद्वारा काठमाडौं आएका उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार