माधव नेपालले दिए प्रधानमन्त्री देउवालाई यस्तो सुझाव

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिका भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवालाले कसैको दबाब र प्रलोभनमा परी राष्ट्रियहितविपरीतका कार्य नगर्न सुझाव दिएका छन् । आज (शुक्रबार) संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यस्तो सुझाव दिएका हुन् ।

अध्यक्ष नेपालले उनले मिठो तरिकाले कुटनीतिमा फसाउन विदेशीले जे पनि गर्न सक्ने भन्दै यस्तो विषयमा ख्याल गर्न देउवालाई आग्रह गरेका छन् । नेपालले कूटनीतिका धेरै पक्षहरु हुने भएकाले कहिले मिठो कुरा गरेर,ह्वीस्की खुवाएर, निदाएको बेला फसाउन सक्ने भन्दै यसमा सचेत हुनुपर्ने बताए । नेपालले मिठो तरिकाले कुटनीतिमा फसाउन विदेशीले जे पनि गर्न सक्ने भन्दै प्रधानमन्त्री देउवालाई ह्वीस्की खाएर नशाको बेलामा, निदाएको बेलामा वा दबाब दिएकोमा सही गरिएला ख्याल गर्नुहोला भन्दै सुझाव दिएका हुन् ।



उनले एसपीपी सम्बन्धमा सरकारका तर्फबाट धेरै स्पष्ट जानकारी आइसकेको र प्रधानमन्त्री देउवालेसमेत आफूसँगको भेटमा राष्ट्रियहितविपरीतका कुनै पनि सम्झौता नहुने बताउनुभएको जानकारी दिए । उनले कसैले पनि यस्ती कार्य गर्न नहुनेमा जोड दिँदै आफू र आफ्नो पार्टी राष्ट्रियताका सवालमा दृढ भएर उभिने उभिने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार