कविता : तिमिसँगका यादहरु…

तिमि सँगका यादहरु भुलाउनलाई पिएँ मैले
मेरा दु:खेको मनलाई भुलाउनलाई पिएँ मैले
सक्छौ तिमिले मलाई छोडेर जानलाई
तिमि सँगका यादहरु सम्झना आएर पिएँ मैले

दिएको थियौ खुशी एक समयसम्मको लागि
तिमिसँगको बिताएका क्षणहरु भुलाउनलाई पिएँ मैले
मलाई दिलको राजा भनेर अर्कैको दिलमा बास गर्यौ
आफ्नो जिन्दगीलाई धिक्कारेर पिएँ मैले
जीवन भर तिम्रो साथको आशा थियो मेरो
तिमिले बिच बाटोमा छोडि हिड्दा पिएँ मैले
यो जिन्दगिमा याद तिम्रो आएर मन थाम्न नसकेर
आफ्नै जिवन सिधिने गरि आज पिएँ मैले



सम्बन्धित समाचार