विदेश पठाइदिने भनी ठगी गर्ने कार्की पक्राउ

विदेश पठाइदिने भनी रकम ठगीमा संलग्न रही फरार रहेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१४ हाडिगाउँ बस्ने ३२ वर्षीय रुपेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले कास्की पोखरा महानगरपालिका-१६ बिरौटा बस्ने २२ वर्षीया महिलालाई क्यानडा पठाइ दिन्छु भनी ११ लाख ७१ हजार रुपैयाँ तथा काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने २८ वर्षीया महिलालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजान्छु भनी ९ लाख ७५ हजार रुपैयाँ आफ्नै बैंक खातामा रकम जम्मा गर्न लगाई विदेश नपठाइ ठगी गरी फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।



उनी उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार