नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असार ।
मिस नेपाल–२०२२ को उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले हात पारेकी छिन् । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा जोशीले उपाधि हात पारेकी हुन् ।
फाइनलमा पुगेका २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल–२०२२ को उपाधि चुमेकी हुन् । उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिइन् । मिस नेपालको विजेता बनेसँगै जोशीले आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी बन्न पाउनेछिन् ।
यसैगरी, मिस नेपाल इन्टरनेसनल–२०२० न्यान्सी खड्का र मिस नेपाल अर्थ–२०२० सरिशा श्रेष्ठ भएका छन् । द हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो । कोभिड–१९ का कारण मिस नेपाल प्रतियोगिता अघिल्ला दुईवर्ष स्थगित भएको थियो ।