प्रधानमन्त्री संसदीय समिति बैठकमा नगएपछि…

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित नहुने भएका छ । आज (आइतबार) बिहान १० बजेको लागि समितिले प्रधानमन्त्री देउवालाई छलफलको लागि बोलाएको हो ।

अमेरिकन सहयोग स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी), परराष्ट्र नीति कार्यान्वयन र निकट भविष्यमा हुन गइरहेको प्रधानमन्त्रीको अमेरिकाको भ्रमणबारे छलफल गर्न समितिले प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो । तर प्रधानमन्त्रीको सचिवालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिइन् । प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको पनि खरेलले बताइन् ।



हिजो बेलुकासम्म आउने कुरा गरेको तर आज बिहान प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवाले आउन नभ्याउने भनेर जानकारी गराएको खरेलको भनाइ छ । निरौलाले भनिन्, ‘समयमा खबर नगर्नु अपमान नै हाे । हिजाेसम्म खबर दिनुपर्ने हाे । आज ८ बजे खबर दिनु त अपमान नै हाे ।’ गत शुक्रबारको बैठकले एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो ।

 

सम्बन्धित समाचार