नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असार ।
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर रु २१ र डिजेल/मट्टितेलमा प्रतिलिटर रु २७ -२७ वृद्धि गरेको हो । निगमले मूल्य बढाएसँगै अब पेट्रोल प्रतिलिटर रु १९९, डिजेल र मट्टितेलको प्रतिलिटर रु १९२ कायम भएको छ । यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १९ र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको निगमले जनाएको छ ।
निगमले मूल्य बढाएसँगै अब आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रति लिटर १८५ र हवाई इन्धन (बाह्य) तर्फ अमेरिकी डलर १.६४५ कायम भएको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । अहिले एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० रहेको छ ।
सूची