नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असार ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । झापा, झापा गाउँपालिका-२ सिर्जना बस्तिस्थित खेतमा सोही ठाउँ बस्ने ५५ वर्षीय गोले भन्ने बीर बहादुर गोले आइतबार मृत अवस्थमा फेला परेका हुन् ।
त्यस्तै चितवन, रत्ननगर नगरपालिका-३ बन्सीस्थित कयर खोलामा खैरहनी नगरपालिका- १ वयर गोरखाली टोल बस्ने ६० वर्षीय शुक बहादुर सार्की आइतबार मृत अवस्थामा फेला परेका छन् । यता नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका-१६ जमुनियास्थित सिएम इँटा उद्योग प्रालि नजिकै रहेको पोखरीमा सोही उद्योगमा काम गर्ने दाङ लमही नगरपालिका-८ सतबरिया बस्ने ३५ वर्षीय त्रिपाल चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-४ ढुङगेधारास्थित खाली चौरको छेउमा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका-२६ गोंगबु आवासिय क्षेत्रस्थित निर्माणाधिन घरमा बसेर डकर्मी काम गर्ने मकवानपुर डाँडाखड्क स्थायी ठेगाना भएका ३७ वर्षीय भिम बहादुर घिसिङ सोही घरको भुइँ तलाको भर्याङ नजिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यता भक्तपुर, मध्यपुरठिमी नगरपालिका-१ लोकन्थली मनहरापुल मुनी सालनाल सहितको नवजात शिशु बालिका आइतबार मृत अवस्थामा फेला परेकी छन् । यस्तै झापा, अर्जुनधारा नगरपालिका-१० कालिझोडास्थित जंगलमा दमक नगरपालिका-९ ताराबारी बस्ने ३८ वर्षीय अशोक रिजाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-३ आपगाछीस्थित खेतमा भद्रपुर नगरपालिका-३ बस्ने ५५ वर्षीय राजु गुरुङ आइतबार मृत अवस्थामा फेला परेका छन् । यता रुपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-९ तेलारपुलको उत्तर भैलो भुजामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी कास्की, पोखरा महानगरपालिका-१४ सेती दोभानस्थित सेती नदी किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

