हिमालयन क्यापिटलद्वारा वुमन लिडका सदस्यहरुलाई उद्यमशीलता प्रर्वधन प्रशिक्षण

हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै उद्यमशीलताको विकास गर्नका निम्ति विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेकोमा आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा वुमन लिड संस्थाका सदस्यहरुका लागि एक दिने उद्यमीशीलता प्रर्वधन प्रशिक्षण कार्यक्रम संचालन गरेको जनाइएको छ ।

उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले महिला उद्यमीहरुलाई कुनै पनि व्यापार व्यवसाय स्थापना गर्न र सफल रुपले संचालन गर्नको निम्ति आवश्यक ज्ञान र सिपहरुको जानकारी र प्रशिक्षण प्रदान गरिएको थियो ।



कार्यक्रममा व्यापार व्यवसाय स्थापना र संचालन गर्नका निम्ति आवश्यक नियम कानून सम्बन्धि जानकारी, आवश्यकता अनुसार पुँजीको व्यवस्थापन गर्नका निम्ति उचित वित्तीय व्यवस्थापन, उत्पादित वस्तु र सेवाको बजार प्रवर्धन, आयकर सम्बन्धि व्यवस्थाको परिपालन, र ब्यापार व्यवसाय सफल रुपले संचालन गर्न आवश्यक अन्य सिप तथा ज्ञानको बारेमा सहभागीहरुलाई जानकारी प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले देशको आर्थिक तथा सामाजिक अवस्थाको विश्लेषण गर्दै अहिलेको परिवर्तनशील पृष्ठभूमिमा उद्यमीहरुले सार्थक र सान्दर्भिक क्रियाकलाप गर्दै आफ्नो व्यवसाय संचालन गर्नु पर्नेमा जोड दिंदै दिगो रुपले व्यवसाय संचालन गर्न प्राथमिकतामा राख्नुपर्ने विषयहरु सम्बन्धी जानकारी प्रदान गरेका थिए ।

उद्यम प्रबद्र्धनसम्बन्धी उक्त कार्यक्रममा वुमन लिडकी कार्यकारी निर्देशक हीमा बिष्ट तथा हजुरी खाद्य उद्योगकी अध्यक्ष तथा उद्यमी हजुरी बिष्टले पनि आफ्नो उद्यम यात्राका उतारचढाव र अनुभवहरुको बारेमा सहभागीहरुसँग अन्तरक्रिया गरेका थिए ।

सम्बन्धित समाचार