एसपीपीको विषयमा सरकारले गर्यो यस्तो निर्णय

संयुक्त राज्य अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का कुनै पनि कार्यक्रम अगाडि नबढाउने नेपाल सरकारले निर्णय गरेको छ । सोमबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको हो ‘

बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकी सरकारलाई पत्र लेख्ने पनि निर्णय गरेको छ । एसपीपीको विषयमा बहस सुरु भएपछि एसपीपीका कुनै कार्यक्रम नेपालमा अगाडि नबढाउने निर्णय गरेको हो । यस्तै बैठकले विदेशी मुलुकसँगका सबै कूटनीतिक पत्राचार परराष्ट्र मन्त्रालयमार्फत मात्रै गर्ने निर्णय पनि भएको छ ।



त्यस्तै सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सोमबार भेटेर राष्ट्रिय सहमति निर्माण गरी एसपीपीमा कहिल्यै सहभागी नहुने गरी अमेरिकालाई पत्राचार गर्न आग्रह गरेका थिए । त्यसैगरी बैठकले राष्ट्रिय समाचार समिति (रासस)को कार्यकारी अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार