रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा

पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछाने ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् । आज (मंगलबार) राष्ट्रिय सभा गृह काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् ।

उनले आफ्नो यात्रा राजनीति यात्राको पहिलो पाइला भएको भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन् । उनले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् । पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरिएको छ भने कार्यालय काठमाडौंको बसुन्धरामा रहनेछ । त्यस्तै उनले पार्टी दर्ताका लागि मंगलबार नै निर्वाचन आयोगमा निवेदन दिने बताए ।



राष्ट्रिय स्वतन्त्र पार्टी

लामिछानेले नभई पार्टीमा र्‍याल चुहाएर आफू नबस्ने भन्दै क्षमता भएकाहरू जसलाई पनि पार्टीमा स्थान दिने बताए । साथै ती युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने उनले बताए । स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रह‍ेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनले सुनाए ।

 

सम्बन्धित समाचार