आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

मृतकको संख्या शून्य

पछिल्लो चौबीस घण्टामा नेपालमा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा २ हजार ८१४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ७३१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ८३ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६७ हजार ३२० जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२४ रहेको छ । जसमा १२१ जना होम आइसोलेसनमा, ३ जना संस्थागत आइसोलेसनमा र १ जना आईसीयुमा रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७९ हजार ३९६ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ३९० जना पुगेको छ ।

 

सम्बन्धित समाचार