पोर्चुगलमा एक नेपालीको मृत्यु

पोर्चुगलमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पा रहेका छन् । उनको क्यान्सरबाट मृत्यु भएको हो ।

शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिए । उनको शव नेपाल पठाउने तयारी भइरहेको छ ।



बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो । उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल आएका थिए । गत साता पनि चितवनका एक युवकको तालमा डुबेर मृत्यु भएको थियो ।

सम्बन्धित समाचार