बाबुराम भट्टराईले नेता गठबन्धनको अंकगणितमा लिप्त रहेको भनेपछि…

जनता समाजवादी पार्टी जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले इन्धनमा गरिएको मूल्यवृद्धिको विरोध गरेका छन् । आज (बुधबार) एक ट्विट गर्दै उनले विरोध गरेका हुन् ।

भट्टराईले राजनीतिक दल र नेता सत्ता र गठबन्धनको अंकगणितमा लिप्त रहेको टिप्पणी गरेका छन् । उनले यो अचाक्ली महँगीले जनताले जनताको ढाड भाँचिँएको भन्दै मूल्यवृद्धि नियन्त्रणमा ध्यान नदिइनु विडम्बनापूर्ण भएको समेत उनले बताएका छन् । त्यस्तै भट्टराईले मूल्यवृद्धि नियन्त्रणमा सरकारी पहल आवश्यक रहेको बताएका छन् ।



भट्टराईले ट्विटमा लेखेका छन्, ‘हाम्रा दल/नेता सत्ता/गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रा/क्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ।विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन,ढुवानी,यातायातको लागत बढाएर सबैतिर महॅगी बढ्छ!यो अचाक्ली महॅगीले जनताको ढाड भाॅचिदैछ।खै सरकारी पहल?’

भट्टराईको ट्विट :

भट्टराईको ट्विट :

 

सम्बन्धित समाचार