सत्ता गठबन्धनको बैठक बस्दै, के आउँला निर्णय ?

८ असार सत्ता गठबन्धनको बैठक बस्दैछ । आज (बुधबार) दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक विषय, मन्त्रिपरिषद् हेरफेर लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । बैठकमा सरकारका सहभागी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्षनेता सहभागी हुनेछन् ।



यसअघि नै एकीकृत समाजवादीले आफ्नो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो । एकीकृत समाजवादीले नयाँ मन्त्रीका रुपमा नेताहरुको नाम समेत प्रधामन्त्री समक्ष बुझाइसकेको छ । तर, बजेट पारित नभएसम्म प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद हेरफेर नहुने बताएका थिए ।

सम्बन्धित समाचार