न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलको घुस डिल गरेको अडियो सार्वजनिक

सिभिल सहकारीको रकम हिनामिना प्रकरणका मुख्य आरोपी तथा सञ्चालक ईच्छाराज तामाङलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको संवाद बाहिरिएको छ ।

न्यूज २४ टिभीको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मार्फत न्यायाधीश कोइराला र र अधिवक्ता पोखरेलबीचको करिव १० मिनेट लामो संवाद सार्वजनिक गरेको हो । १० करोड रुपैयाँ धरौटी लिएर तामाङलाई रिहा गर्ने योजना बनाइएको थियो । वकिल पोखरेल र न्यायाधीश राजकुमार कोइरालाबीच भएको गोप्य सम्वादमा १० करोड धरौटी मागेर तामाङलाई रिहा गर्ने र यो काम गरेबापत २ करोड लिने डिल अडियो रेकर्डमा सुनिएको छ ।



अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनैपनि इजलास तोकेको छैन । तामाङलाई ठगी र संगठित अपराध कसूरमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले २०७८ असोज १८ गते पक्राउ गरेको थियो । अहिले तामाङ र उनका सहयोगी अर्थात सिभिल सहकारीका वर्तमान अध्यक्ष केशव लाल श्रेष्ठ डिल्ली बजार जेलमा रहेको र उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ ।

सम्बन्धित समाचार