मृत अवस्थामा ८ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । चितवन, राप्ती नगरपालिका-३ स्थित मार्तल खोलामा सोही नगरपालिका-३ सुन्दरबस्ती बस्ने ३० वर्षीय कैलाश प्रजा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै प्यूठान, स्वर्गद्धारी नगरपालिका-९ जुडापाटा बगरस्थित माणी खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता महोत्तरी, पिपरा गाउँपालिका-६ स्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै सर्लाही, कबिलासी नगरपालिका-८ स्थित सडको कुलोमा सोही ठाउँस्थित अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुर मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी सर्लाही, बागमती नगरपालिका-११ बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका व्यक्तिको शव मंगलबार सडिगलेको अवस्थामा फेला परेको छ ।

त्यसैगरी रोल्पा, रोल्पा नगरपालिका-४ लिवाङस्थित घरेलु अफिसको होस्टेलको कोठामा रुन्टिगढी गाउँपालिका-५ छिन्नेटा बस्ने १९ वर्षीया कृष्णी कामी मंगलबार मृत अवस्थामा फेला परेकी छन् । उनी घरेलुले संचालन गरेको ब्यूटी पार्लर सम्बन्धि तालिम लिँदै आएको बुझिएको छ ।

यता नवलपरासी(पूर्व), कावासोती नगरपालिका-८ स्थित कैलाश चोक बस्ने ७० वर्षीय पूर्ण प्रसाद पंगेनी सोही ठाउँस्थित लौडा तालमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बर्दिया, मधुवन नगरपालिका-४ माचड चोक डेरा गरी बस्ने कैलाली भजनी नगरपालिका-१ घर भएका ३३ वर्षीय मिन प्रसाद न्यौपाने आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार