नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असार ।
इंग्ल्यान्डले नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै तीन खेलको सिरिज ३-० ले क्लिन स्विप गरेको हो ।
नेदरल्यान्ड्को आम्सटेलभेन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९ ओभर २ बलमा अलआउट हुँदै २४४ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एड्वार्ड्स, बास डी लिडे र म्याक्स ओडोडले अर्धशतकीय पारी खेल्दै क्रमश:६४,५६ र ५० रन बनाए भने टम कोपरले ३३ रन जोडे । इंग्ल्यान्डका लागि डेभिड विलिले ४ विकेट लिए भने ब्रेडोन कार्सको भागमा २ विकेट रह्यो ।
२४५ रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्डले ३० ओभर १ बलमा २ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको लागि जेसन रोयले अविजित रहँदै १०१ रनको शतकीय पारी खेले भने कप्तान जोस बट्लर ८६ रनमा अविजित रहे । त्यस्तै फिल साल्टले ४९ रन जोडे । नेदरल्यान्ड्सका लागि पाउल भान मिकिरणले २ विकेट लिए । पहिलो खेलमा नेदरल्यान्ड्सलाई २३२ रनले पराजित गरेको इंग्ल्यान्डले दोस्रो खेलमा नेदरल्यान्ड्स इंग्ल्यान्डसँग ६ विकेटले पराजित भएको थियो ।