नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असार ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० रहेकोमा बुधबार रु ९७ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार रहेकामा बुधबार प्रतितोला रु ९६ हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य बुधबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै रु एक हजार २५० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २५५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।