यी ४ नेताले छाडे विप्लव नेतृत्वको नेकपा (विज्ञप्तिसहित)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चार नेताले सामूहिक राजीनामा दिएका छन् । आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै पूर्व पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहित चार जना नेताले सामूहिक राजिनामा दिएका हुन् ।

राजीनामा दिनेमा पुनसहित पूर्वसभासद शंकरबहादुर खड्का, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य दलबहादुर धामी र दार्चुला तथा कञ्चनपुरका पूर्वइन्चार्ज रमेश परियार रहेका छन् ।



‘नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने वस्तुगत आवश्यकतालाई महसुस गरि त्यसकै प्रयास स्वरूप हामीले आजकै मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनिति मध्यनजर गरि अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको जनाउँदै उनीहरुले पार्टी परित्याग गरेको जनाएका छन् । ‘बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति –

विज्ञप्ति -

सम्बन्धित समाचार