नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असार ।

भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । आज (बिहीबार) बिहान २ बजे भक्तपुरको आदर्श चोक नजिक टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको र । मृत्यु भएका अर्का पुरुषको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । सूर्यविनायक चोकबाट जगातीतर्फ जाँदै गरेको बा७९प ७८७६ नम्बरको मोटरसाइकललाई जगातीबाट सूर्यविनायक चोकतर्फ आउँदै गरेको बा४ख ५२९८ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालक दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

