मृत अवस्थामा ९ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ भंगालस्थित निर्माणाधिन घरमा निर्माणको काम गर्ने सोही नगरपालिका-३ घर भएकी ४१ वर्षीया फुलमाया सुनार बुधबार सोही घरको भुइँतलामा मृत अवस्थामा फेला परेकी हुन् ।

त्यस्तै कास्की, पोखरा महानगरपालिका-३२ मालमुल फाटको भष्मेटो भिरको खोल्सामा सोही ठाउँ बस्ने ५३ वर्षीय पुष्पराज तिवारी बुधबार मृत अवस्थामा फेला परेका छन् । यता दाङ, लमही नगरपालिका-१ सुनडबरी बस्ने ६५ वर्षीय मान बहादुर सार्की छिमेकीको घरको आँगनमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै स्याङ्जा, आधिखोला गाउँपालिका-६ साम्दीखोलास्थित खेतमा सोही गाउँपालिका- २ ओईया बस्ने ५५ वर्षीय रेशम कार्की बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित माईडिया पोखरी नजिकै हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी इलाम, माङसेबुङ गाउँपालिका-४ धनलुवा गाउँ बस्ने २४ वर्षीय अबिशेक राई सोही ठाउँस्थित धनलुवाखोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । फुपुको घरबाट आफ्नो घर फर्कने क्रममा मंगलबार राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो । यता ललितपुर, ललितपुर महानगरपालिका-२७ चापागाउँ ओखाटस्थित घरको ट्वाइलेटमा हाल नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै झपा, शिवसताक्षी नगरपालिका-६ स्थित बनियानी खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको सडिगलेको अवस्थामा बुधबार शव फेला परेको छ । यसैगरी झापा, हल्दिबारी गाउँपालिका-१ स्थित खेतमा सालनाल सहितको नवजात शिशु (छोरा) को शव बुधबार फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार