नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असार ।
एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (शुक्रबार) मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएई १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रनमा समेटिएको थियो ।
युएईका लागि वैष्णवी महेशले १६ रन बनाईन् भने इशा रोहितले १५ रन जोडिनन् । त्यस्तै कप्तान छाया मुघलले १४ रन बनाई आउट भईन् भने खुसी शर्माले १२ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालको लागि अश्मिना कर्माचार्यले ५ विकेट लिईन् भने इन्दु वर्माले ३ विकेट लिँदा सीता रानाको भागमा २ विकेट रह्यो ।
आज नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने योजनाको साथ मैदान उत्रेको च अभ्ने । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ ।फाइनल पुग्ने दुई टोली महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।